कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ

Image
फाईल फोटो
maya metro

कञ्चनपुर – कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका १० सिसैयाका ३३ वर्षीय बिक्रम बोहराको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको अवस्थामा बोहरासहित १० जनालाई प्रहरीले सोमवार पक्राउ गरेको हो।

nisarga

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले नगद १८ हजार ४२२ र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।