खुटिया नदीमा एमाले गोदावरीको अनुगमन, मापदण्ड विपरीत उत्खनन् नर्गन खबरदारी (भिडियो)

Image

अत्तरिया – कैलालीको गोदावरी ८ र ९ मा पर्ने खुटिया नदीको नेकपा एमाले गोदावरी नगर कमिटिले अनुगमन गरेको छ । खुटिया नदीमा मापदण्ड विपरीत उत्खनन् भईरहेको भन्दै नेकपा एमाले गोदावरी नगर कमिटि अध्यक्ष सन्तोष सिंहको नेतृत्वको टोलीले नदीको अनुगमन गरेको हो ।

खुटियाबाट जथाभावि ढंगले नदीजन्य पर्दाथ उत्खनन् भईरहेको अनुगमनकाक्रममा पाईएको अध्यक्ष सिंहले बताएका छन् । उनले वातावरणीय प्रभाव मुंल्याकन (इआइए) गरिएको ठाँउभन्दा वरैबाट उत्खनन् भईरहेको र अनुमति लिएभन्दा बढी गहिराईसम्म उत्खनन् भईरहेको भन्दै मापदण्ड विपरीत उत्खनन् नगर्न गोदावरी नगरपालिका र ठेकेदारलाई खबरदारी गरेका छन् ।

मापदण्ड विपरीतको दोहनले नदी नजिकका बस्ती,पुल र वन क्षेत्र लगायतका संरचना नै जोखिममा परेको उनले बताए । यस्तै दोहन निरन्तर रहे एकदुई वर्षमै भयाभह अवस्था सिर्जना हुने उनले बताए । नियमसंगत ढंगले नदीजन्य पर्दाथ उत्खनन् गर्न उनले नगरपालिका र नगर प्रमुखलाई अनुरोध गरेका छन् । उनले नदीबाट उठेको राजश्व कानुन बमोजिम खुटिया प्रभावित क्षेत्रका लागि छुट्याउन माग गरे ।

त्यस्तै एमालेका गोदावरी इन्चार्ज खम्ब बुढाले बस्ती,संरचनाहरुमा कुनै पनि असर नपर्ने गरि उत्खनन् गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताए । उनले नगरपालिकाले यस्तो कार्य तत्काल रोक्नुपर्ने बताए । नगर सचिव विक्रम विष्टले इआइए गरेको ठाउँभन्दा बाहिर गएर उत्खनन् भईरहेको बताए । उनले वडा नम्बर ८ र ९ लाई डुबान र कटानबाट नगर प्रमुख र उप प्रमुखलाई आग्रह गरे । त्यस्तै गोदावरी ९ का स्थानीय टेक बहादुर ऐरले जथाभाबी नदीजन्य पर्दाथ दोहनले नदी कटान बढिरहेको बताए ।

जेसिबी लगायतका साधनको नदीमा गरिएको प्रयोगले नदी कटान बढेको बताए । उनले नदी कटानले वडा नम्बर ९ का ८ का थुप्रै बस्तीहरु जोखिममा रहेको भन्दै नगर प्रमुखले पनि वास्ता नगरेको गुनासो गरे । ग्वासी समैजी वन उपभोक्ता समितिकी उपाध्यक्ष जमुना देवी खड्काले नदी कटानले आफुहरु वर्षायाममा सुत्न समेत नपाउने बताईन् ।

उनले नदी कटान बढ्दै गएर घरमा पानी पस्दा आफुहरुको ग्यास चुलो र साग तरकारी समेत बगाउने गरेको भन्दै उनले नदी कटान नियन्त्रण गर्न र नदीबाट उठेको राजश्व कानुन बमोजिम प्रभावित क्षेत्रमै लगानी गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरिन् । गोदावरी ८ का स्थानीय गोपाल देउवाले नदीमा गरिएको अवैध उत्खनन्ले खुटिया पुल समेत जोखिममा परेको बताए ।

उनले आफुहरुले पुल मर्मतका लागि पटकपटक माग गर्दा पनि सम्बन्धित निकायले सुनुवाई नगरेको बताए । खुटिया नदी गोदावरी नगरपालिकाले ५ करोड ८६ लाख ६० हजार ६७८ रुपैँयामा बालाजी कन्ट्रक्सनलाई गत कार्तिकमा ठेक्का लगाईसकेको छ ।