अत्तरिया – उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीसहितको टोलीले विशेष आर्थिक क्षेत्रकोे अवलोकन गरेको छ ।
भण्डारीसहितको टोलीले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने हरैया विशेष आर्थिक क्षेत्रको आज अवलोकन गरेको हो ।
अवलोकनकाक्रममा मन्त्री भडारीले उक्त क्षेत्रमा छिटै घेरबारको काम सुरु गरिने बताए । घेरबारका लागि एक करोड बजेटको व्यवस्था गरिएको उनले बताए ।
पूर्वाधार निर्माणका लागि कानुनमा भएको जटिलताहरु यहि आउँदो अधिवेशनमा संसोधन गरिने मन्त्री भण्डारीले बताए । बढिरहेको आयातलाई प्रतिस्थापन गर्न पनि उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छत्र कटुवालले कागजातहरु इआइएका लागि वन विभागमा पठाइएको र स्वीकृत हुनेबित्तिकै काम अगाडि बढाइने बताए ।
उनले डिपीआर निर्माणकाक्रममा रहेको बताउँदै केहि दिनमै सम्बन्धित सरोकारवाहरुसंग गोष्ठीको आयोजना गरिने उनले बताए ।