खुटिया–दिपायल फास्ट ट्रयाक निर्माणमा १ अर्बको ठेक्का प्रक्रिया

Image
maya metro

अत्तरिया – खुटिया–बीपीनगर–दिपायल फास्ट ट्रयाक निर्माण कार्यलाई तीव्रता दिने क्रममा १ अर्ब रुपैयाँको ठेक्का प्रक्रिया अघि बढाइएको छ। यो परियोजनाले सुदूरपश्चिमको यातायातलाई मजबुत बनाउँदै आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कैलाली क्षेत्र नम्बर ४ का सांसद विर बहादुर बलायरले यसमा पहल अघि बढाएका हुन् । यस परियोजनाले लामो समयदेखि रहेको यातायात समस्या समाधान गर्ने आशा गरिएको छ। स्थानीय जनताको माग र भविष्यमा यस सडकले पुर्याउने योगदानलाई प्राथमिकतामा राख्दै बलायरले यसलाई राष्ट्रिय महत्त्वको परियोजना बनाउने प्रयास गरेका छन्।

nisarga

यस योजनाको सफलताले कैलाली- डोटी र वरपरका जिल्लाहरूको विकासमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ। द्रुत र सुरक्षित यातायात सेवाले स्थानीय उत्पादनहरूलाई बजारमा पुर्याउन मद्दत गर्नेछ भने पर्यटन विकासमा समेत टेवा पुर्याउनेछ।

फास्ट ट्रयाकको छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित सबै पक्षहरूको ध्यानाकर्षण गराउँदै माननीय बलायरले यस योजनालाई प्रभावकारी रूपमा अघि बढाउन कटिबद्धता प्रकट गरेका छन्। सुदूरपश्चिमको आर्थिक विकासमा कोसेढुङ्गा साबित हुने यो परियोजनाका लागि जनस्तरबाट पनि व्यापक समर्थन जुटेको छ।