युवतीसँग अर्धनग्न अवस्थामा वनका हाकिमको तस्बिर

Image
maya metro

 बाजुरा – डिभिजन वन कार्यालय बाजुराका डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीको अर्धनग्न अवस्थामा युवतीसँग तस्बिर बाहिरिएको छ।

वन अधिकृत डिसी अर्धनग्न अवस्थामा युवतीसँग भएको तस्बिर वन निर्देशनालय धनगढीलेसमेत फेला पारेपछि ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न बुधबार पत्राचार गरिएको हो। डिसीको एक युवतीसँग बसेको अर्धनग्न तस्बिर र घुस लिँदै गरेको जस्तो देखिने तस्बिर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले स्पष्टीकरण सोधेको हो।

nisarga

उक्त तस्बिरमा निजामती कर्मचारीको आचरण विपरीत प्रस्तुत भएको भन्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरिएको सुदूरपश्चिम वन निर्देशनालयका वन निर्देशक हेमराज विष्टले बताए। निजामती सेवा ऐन, २०७९ को दफा १०१ तथा सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली २०८१ को नियम १३१ मा व्यवस्था भए बमोजिम डिसीलाई पत्र प्राप्त भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न भनिएको छ।

प्रदेश वन निर्देशनालयका निर्देशक विष्टले अर्धनग्न तस्बिर बाहिरिएको बताउँदै सही हो वा होइन चित्तबुझ्दो जवाफ दिन भन्दै पत्राचार गरिएको बताए। डीसी हालै मात्र डडेल्धुरावाट बाजुरा गएका थिए। तस्बिरमा वन अधिकृत डिसी मापसे गर्दै अर्धनग्न तरिकाले युवतीसँग बसेको तस्बिरमा देखिन्छ।

अर्को तस्बिरमा एउटाले घुस दिनका लागि पैसा दिँदै गरेको जस्तो देखिने फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। डिसीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई निलम्बन गरी कारबाहीको माग गरिएको छ। तस्बिर सही हो भने यो कर्मचारी आचारसंहिता विपरीत हुने वन निर्देशक विष्टले बताए।