एमाले गोदावरीले भन्यो – `सुबेदीका परिवार बाहेक कसैले पार्टी छोडेका छैनन्´

Image
maya metro

अत्तरिया – नेकपा एमाले गोदावरी नगर कमिटीले कृष्णराज सुबेदीका परिवार नजिकका ५/७ जनाले मात्रै पार्टी छोडेको बताएको छ ।

आइतबार एमाले गोदावरीका अध्यक्ष सन्तोष सिंह र सचिव बिक्रम विष्टले प्रेस विग्यप्ती जारी गर्दै २२५ जनाले एमाले परित्याग गरेको सुबेदीको भनाईमा कुनै सत्यता नभएको बताएका हुन् ।

nisarga

एमाले प्रदेश कमिटीका पूर्व सदस्य एवम् पूर्व मन्त्री सुबेदीले शनिबार ३५८ जनाले पार्टी त्याग गरि भिम रावलको मातृभूमि जागरणलाई समर्थन गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।