अत्तरिया – कैलालीको अत्तरिया चौराहमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियाले महाशिवरात्रि पर्व मनाएको छ ।
ईश्वरीय विश्वविधालय शाखा अत्तरियाले शिवध्वजारोहण गर्दै महाशिवरात्रि पर्व मनाएको हो ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश सदस्य गोकर्ण भट्ट,कैलाली क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकाया, एमाले गोदावरी नगर कमिटी अध्यक्ष मदरसा मुस्लिम सेवा समाजका अध्यक्ष मोहम्मद नइमुदीन भाटलगाएत विभिन्न संघ संस्थाका प्रतिनीधीहरुसंगै श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भगवान शिवको नामबाट सामुहिक केक काटिएको थियो ।