दुर्गालक्ष्मीमा स्वर्ण महोत्सवको तयारी तिव्र

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविले स्वर्ण महोत्सवको तयारी तिव्र पारेको छ ।

आगामी चैत्र २७ देखि २९ गतेसम्म चल्ने ५० औं स्वर्ण महोत्सव सफल बनाउन विभिन्न समितिहरु बनाएर कामहरु भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले जानकारी दिए ।

nisarga

महोत्सवमा प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलाई बोलाउने तयारी रहेको उनले बताए ।

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा,शिक्षा मन्त्री विद्या भट्राई, सुुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, महाविर पुन, डाक्टर सन्दुक रुईत लगायतलाई निमन्त्रणा गरिने विद्यालयका प्रधानाध्यापक एवम् स्वर्ण महोत्सव मूल समारोह समितिका सदस्य सचिव शिवराज जोशीले बताएका छन् ।

उनका अनुसार स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा आयोजना गरिएका खेलकुद लगायतका प्रतियोगिता सम्पन्न भएका छन् ।