
अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडीसी) नसार्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाइएको छ।
प्रदेशका वरिष्ठ नेतृत्व, सांसद, स्थानीय निकायका प्रतिनिधि र सामुदायिक वन प्रतिनिधिहरूको संयुक्त प्रतिनिधिमण्डलले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो।

प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बम, प्रदेश सांसद दिर्घ सोडारी, तुलसी देवकोटा, खेमा बिष्ट, जानकारी कुवर पौडेल,गोदावरी नगरपालिकाका नगर प्रबक्ता तथा वडा न- १ का वडाअध्यक्ष गोपालदत्त भट्ट लगायत सरोकारवाहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।
मुख्यमन्त्री शाहले ज्ञापन स्वीकार गरी तत्काल प्रतिक्रिया दिँदै संघीय र प्रदेश कृषि मन्त्रीसँग छलफल गरी यस मामिलामा अन्तिम निर्णय गर्ने आश्वासन दिए।
संघीय सरकारले चालु आर्थिक वर्षमा डिडीसी मार्फत दुग्ध प्रशोधन कारखाना सञ्चालनका लागि ६ करोड रुपैयाँ बजेट राखेको छ।
तर, डिडीसी प्रशासनले अत्तरियामा जग्गा अभाव र धनगढीमा उपयुक्त भूमि उपलब्ध भएको दाबी गरी संस्थान सार्ने योजना बनाएको छ। यसले गर्दा स्थानीय स्तरबाट जबरजस्त विरोध भइरहेको छ।

















