बझाङको जालपा माविका प्रशिक्षक बोहराको प्लस टु प्रमाणपत्र नक्कली, ६ महिना कैदको फैसला

Image
maya metro

बझाङ – बझाङको जालपा माध्यमिक विद्यालयका प्रशिक्षक दीपक बोहरा भ्रष्टाचारी ठहर भएका छन्। उनलाई विशेष अदालतले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको हो।

मंगलबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। बोहरालाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको विशेषले जनाएको छ।

nisarga

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ माघमा बोहराविरुद्ध मुद्दा चलाएको थियो। यसै मुद्दामा विशेषले कैद र जरिवानाका साथै अपराधपीडित संरक्षण ऐनअनुसार प्रतिवादीबाट ४ सय रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला गरेको हो।

बोहराले उच्च माध्यमिक शिक्षा परिषदबाट प्लस टुको लब्धांक पत्रको झुठा कागजात पेस गरेको भेटिएको थियो। सोहि शैक्षिक प्रमाणपत्रका आधारमा जयपृथ्वी नगरपालिकाअन्तर्गतको उक्त विद्यालयमा प्रशिक्षक पदमा नियुक्ति लिएका थिए।