
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका- २ अत्तरियामा रहेको लोटस आइ अङ्ग्रेजी माविका दुई जना विद्यार्थीले कक्षा ८ को नगर स्तरीय परिक्षामा ४ जिपीए हाँसिल छन् ।
विद्यालयकी छात्रा भगवती कुमारी चन्द र छात्र हरिष भट्टले आधारभूत तह कक्षा ८ को नगर स्तरीय परिक्षामा ४ जिपीए हाँसिल गरेका हुन् ।

आधारभूत तह कक्षा ८ को नगर स्तरीय परिक्षामा लोटस आईबाट जम्मा ७३ जना विद्यार्थी सहभागि भएकोमा २६ जनाले ए प्लस ग्रेड, ३६ जनाले ए र १० जनाले बि प्लस ग्रेड हाँसिल गरेका छन् ।
त्यस्तै १ जनाले भने ग्रेड वृद्धी परिक्षा दिनेछन् । गत वर्ष पनि पहिलोपटक यसै विद्यालयका विनोद बोहराले कक्षा ८ को नगर स्तरीय परिक्षामा ४ जिपीए हाँसिल गरेका थिए ।
यो सफलता हाँसिल गर्न सहयोग गरेकोमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी लगायत सबैलाई धन्यवाद व्यक्त गर्दै अध्ययनमा विद्यार्थीहरुको मनोबल बढाउन आगामी शैक्षिक सत्रमा अझै प्रेरित र प्रयास गरिने विद्यालयले बताएको छ ।


















