दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका महरा प्यानल सहित विजयी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का भुवन महरा विजयी भएका छन् ।

कयाम्पसमा महरा दोस्रो पटक प्यानल सहित विजयी भएका हुन् ।

nisarga

अखिल संयुक्तका बम बहादुर विकलाई ७१ मतले पछि पार्दै महरा प्यानल सहित विजयी भएका हुन् ।

मध्यराती सम्पन्न भएको मत गणनामा महराले ४४१ मत ल्याउँदा विकले ३७० मत पाएका थिए ।

त्यस्तै सचिवमा ज्योति साहु ४७४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गणेशनाथ योगीले ३२६ मत प्राप्त गरेका थिए।

कोषाध्यक्ष पदमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाहले ४४५ मत ल्याउँदै निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी दिपिका जोशीले ३५१ मत प्राप्त गरिन्।

एक हजार १२८ मतदाता विद्यार्थी रहेको दुर्गालक्ष्मीमा ८३१ मत खसेको थियो । यहाँ नेविसंघ र अखिल संयुक्त गरि दुई संगठनबिच प्यानल सहित प्रतिष्पर्धामा भएको थियो ।