दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन

Image
oplus_2
maya metro

अत्तरिया – गोदावरी नगरपालिका अत्तरियाको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न भएको छ।

हाम्रो इच्छा, घर घरमा शिक्षा भन्ने नाराका साथ विद्यालयको स्थापना भएको ५० वर्ष पूरा भई ५१ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा ३ दिन सम्म विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी विद्यालयले भव्यताका साथ मनाएर समापन गरेको हो।

nisarga

विद्यालयको स्वर्ण महोत्सव शुक्रबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा समापन गरिएको थियो।

उद्घाटनको दिन “र्याली” निकालिएको थियो भने स्मारक अनावरण तथा स्मारिका विमोचन , सांस्कृतिक, सम्मान कार्यक्रम , रक्तदान कार्यक्रम साथै अक्षय कोष पुरस्कार वितरण गरिएको थियो।

दोस्रो दिन विज्ञान तथा प्रविधि प्रदर्शनी, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम, विद्यालयबाट अध्ययन गरेका पूर्व विद्यार्थी गायक चक्र बमको प्रस्तुतिका साथै “प्यानल डीस्कसन” गरिएको थियो

यस्तै समापन अघि पूर्व विद्यार्थी मञ्चद्वारा हाफ म्याराथन दौड प्रतियोगिता गरिएको थियो भने खेलकुद पुरस्कार वितरण, अतिथि कलाकारहरुको प्रस्तुति , संस्कृति भेषभुषा झल्काउने प्रतिभाहरु प्रस्तुत गरी सम्पन्न भएको हो।