धनगढीको नाष्ट कलेजले मनायो रजत जयन्ती

Image

अत्तरिया – कैलालीको धनगढीमा रहेको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलाजी ( नाष्ट कलेज ) ले रजत जयन्ती मनाएको छ ।

कलेज २५ औ वर्षमा प्रवेश गरेको अवसरमा कलेजले शुक्रबार रजत जयन्ती मनाएको हो ।

nisarga

कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर चेतराज पन्तको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिनुका साथै पुस्कार विरतण गरिएको थियो ।

नाष्ट प्राङ्गणमा आयोजित रजत जयन्तीमा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । स्नातक र स्नातकोत्तर तहमा सञ्चालीत नाष्ट कलेजमा करिब दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिध, शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरुका साथै विद्यार्थी, पूर्व विद्यार्थी, अभिाभावकहरुको उपस्थिति रहेको थियो ।