
अत्तरिया – कैलालीको अत्तरिया क्षेत्र शैक्षिक हव बन्न थालेको चर्चा बेलाबेलामा यस क्षेत्रका व्यक्तिहरुले गर्दै आएका छन् । हुन पनि गत वर्षको एसईई परिक्षामा कैलालीमा जम्मा चार विद्यार्थीले चार जिपीए हाँसिल गरेकोमा तीन जना त अत्तरिया क्षेत्रकै थिए । तिनै तीन जना विद्यार्थी मध्य एक जना विद्यार्थी थिए सत्यवती एकेडेमीका पनि । कैलालीको अत्तरियामा २०६९ सालमा स्थापना भएकोे ‘सत्यवती एकेडेमीको’ यस क्षेत्रमा छुट्टै पहिचान छ ।
कक्षा १० सम्म मात्रै करिब १८ सय र प्लस टु विज्ञानमा करिब २ सय विद्यार्थीलाई अध्यापन गराँउदै आएको यो विद्यालयको प्रतिवद्धता नै नैतिक र क्षमतावान विद्यार्थी उत्पादन गर्ने हो । हाल नयाँ शैक्षिक सत्रका लागि कक्षा पिजी देखि ९ सम्म सिमित सङ्ख्यामा भर्ना प्रक्रिया सुरु गरेको यो विद्यालय यस क्षेत्रका बालबालिका र अभिभावकका लागि उत्कृष्ट रोजाई समेत हो । पर्याप्त भौतिक पुर्वाधारकासाथै उत्कृष्ट व्यवस्थापन समेत भएको यो विद्यालयमा यस क्षेत्रकै दक्ष शिक्षकहरु छन् । यस विद्यालयमा अधिकांश शिक्षकहरु त स्थापना काल देखि नै कार्यरत छन् ।

गत चैत्रमा सार्वजनिक भएको आधारभूत तह कक्षा ८ को नतिजामा यस विद्यालयका विद्यार्थीहरूको पासदर ९७.४% रहेको छ । दुई जना विद्यार्थीले ४ जीपीए हाँसिल गरेका छन् । विद्यालयकी प्रिन्सिपल यसोदा ध्याडी विद्यालय व्यवसाय मात्र नभएर, यो एउटा पवित्र समाजसेवा पनि भएको बताउँछिन् । यसको सहि व्यवस्थापन भयो भने एउटा असल व्यक्ति मात्र बन्दैन परिवार समाज हुदै सबल देश पनि बन्न सक्छ भन्ने उनको धारणा छ ।
“सत्यवती नैतिक र क्षमतावान विद्यार्थी उत्पादन गर्ने थलो हो, उनले भनिन् हामी यहि मूल मन्त्र लिएर अगाडि बढिरहेका छौं ।” ध्याडी विद्यालय स्थापना गर्नुभन्दा पहिले पनि शैक्षिक क्षेत्रमै थिइन् । धनगढीका उत्कृष्ठ विद्यालयहरुको नेतृत्व गरेको अनुभव उनीसंग छ । ध्याडीकै छत्रछाँयामा किशोरावस्था (१३ औं वर्ष) मा दौडिरहेको यो विद्यालय भौतिकरुपमा पनि सम्पन्न रहेको छ ।
भौतिक पुर्वाधारमा अब्बल
सत्यवती एकेडेमीमा आधुनीक कक्षाकोठा सहित आफ्नै सुविधा सम्पन्न भवन छन् । विद्यार्थीको पढाईलाई कतिपय अवस्थामा भौतिक पुर्वाधारले पनी ठुलो प्रभाव पार्ने गर्दछ । सोहि कुरालाई मध्यनजर गर्दै विद्यालयले सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माण गरेको छ । विद्यालयका प्रत्येक कक्षा कोठामा एसीको व्यवस्था गरिएको छ ।
दक्ष एवम् योग्य जनशत्ति
शैक्षिक वातावरण र शिक्षक संस्थाको सबैभन्दा महत्वपुर्ण पक्ष हो । कुनै विद्यालयले शैक्षीक रुपमा उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शैक्षीक जनशत्तिमा जोड दिनु पर्दछ । सत्यवती एकेडेमीले सधैँ दक्ष जनशत्तिमा जोड दिने गरेको छ । यहाँ पुर्णकालीन ८० जना शिक्षक रहेका छन् । उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शिक्षकहरुले पनी निकै मिहेनत गर्ने गरेको विद्यालयका सँस्थापक विर बहादुर कडायत बताँउछन् । कैलाली बहुमुखी क्याम्पस तथा धनगढीका विभीन्न क्याम्पसहरुमा लामो समयदेखी अध्यापन गराँउदै आएका शिक्षकहरु यस विद्यालयमा रहेका छन् । विज्ञान संकाय अध्यापनकालागी प्रत्येक विषयका दुईदुई ओटा शिक्षकको व्यवस्था गरएिको छ । आकर्षक तलब र सेवा सुविधाका कारण सत्यवती एकेडेमी अनुभवि शिक्षकहरुको रोजाईको केन्द्र पनी बन्ने गरेको छ ।
अत्याधुनीक प्रयोगशाला
विद्यालयमा स्टील र्याक सहितको अत्याधुनीक प्रयोगशालाको सुविधा रहेको छ । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई आवश्यकता अनुरुप प्रयोगशालामा लैजाने गरीन्छ ।
कक्षा कोठामा स्मार्ट बोर्ड
पछील्लो समय शिक्षा क्षेत्रमा मा भित्रीदै गएको प्रविधीलाई मध्यनजर गर्दै कक्षा कोठामा स्मार्ट बोर्डको व्यवस्था गरीएको छ । अहिलेको बदलीँदो युगसंगै नयाँनयाँ प्रविधी भित्राउन आवश्यक हुने विद्यालयका संस्थापक कडायत बताँउछन् । पहिले पढाएका सामग्री त्यसैमा स्टोर हुने भएकोले पनी यो बोर्ड विद्यार्थीको लागी उपयुत्त छ ।
अत्याधुनीक कम्प्युटर ल्याब
पछील्लो समयमा कम्प्युटर मानव जीवनको अभिन्न अंग बनेको छ । विद्यालयले अत्याधुनीक कम्प्युटर ल्याबको व्यवस्था गरेको छ । ईन्टरनेट सहित एसी जडित उत्त कम्प्युटर ल्याबबाट विद्यार्थीले थप ज्ञान हाँसील गर्न सक्छन् ।
पुस्तकालय,संगीत तथा स्टीम ल्याब
विद्यालयमा विद्यार्थीहरुलाई अतिरित्त क्रियाकलापमा सहभागी गराउने उदेश्यले विद्यालयले पुस्तकालय,संगीत तथा स्टीम ल्याबको व्यवस्था गरेको छ । संगीत सिकाउनकालागी एकजना पुर्णकालीन प्रशिक्षकको व्यवस्था छ । यस्ले विद्याथीलाई थप ज्ञान हाँसील गर्न मदत पुग्ने विद्यालयकी प्रिन्सीपल यसोदा ध्याडी बताँउछीन् । उनका अनुसार विद्यार्थीको अभिरुचि बमोजिम नै विद्यालयले संगीत कक्षाको समेत व्यवस्था गरेको हो ।
प्रशस्त खेल मैदान
सत्यवती एकेडेमीले एक विघा भन्दा बढी जमिनमा स्पोट्स सेन्टर निर्माण गरेकोे छ । स्पोट्स सेन्टरमा पाँच ओटा पक्की र दुई ओटा कच्ची क्रिकेट प्राक्टीस स्थल,दुईओटा ब्याड्मिन्टन कोर्ट,एउटा भलिबल कोर्ट,चारओटा टेबल टेनिस बोर्ड,एउटा बास्केटबल कोर्ट र दुईओटा फुटबल कोर्ट निर्माण गरीएको छ । विद्यार्थीलाई खेलकुदमा सक्रिय गराउनकासाथै,बालबालीकाको शारीरीक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्पोट्स सेन्टर निर्माण गरीएकोे सँस्थापक कडायतले बताए । यो संगै आवतजावतकोलागी बसहरुको व्यवस्था रहेको छ । विद्यालयमै क्यान्टिनको सुविधा पनि गरिएको छ ।















