देशभरमै पहिलोपटक कैलालीको गोदावरीले लागू गर्यो नागरिक पेन्सन योजना

Image
maya metro

अत्तरिया – देशभरका स्थानीय तहमै पहिलोपटक कैलालीको गोदावरी नगरपालिकाले नागरिक पेन्सन योजना लागू गरेको छ ।

आज एक कार्यक्रमका बिच उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी, जनप्रतिनिधिहरु तथा नागरिक लगानी कोषका उप–निर्देशक नारायण प्रसाद घिमिरे, शाखा प्रमुख हरिशचन्द्र श्रेष्ठ समेतको उपस्थितिमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

nisarga

उक्त समझदारी अनुसार अब नगरपालिकाले प्रत्येक नगर शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगी कर्मचारीको नाममा हरेक महिना पाँच सय रुपियाँ जम्मा गर्नेछ भने पाँच सय उनीहरुकै तलबबाट काटिनेछ ।

नगर शिक्षकलाई प्रोत्साहन गर्न नागरिक लगानि कोषसंग समझदारी गरि चालु आर्थिक वर्षदेखि नै ३० लाख बजेटको व्यवस्थापन गरिएको नगर प्रमुख भट्टले बताए ।

कोषका कार्यकारी निर्देशक कार्कीले नागरिक लगानि कोषले सबै नागरिकलाई समेट्ने बताए । मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने उनले बताए ।

त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने कोषले जनाएको छ । बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन पाउनेछन् ।

बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुने नागरिक लगानी कोषले जनाएको छ ।