आज सीता जयन्ती

Image
maya metro

वैशाख शुक्ल नवमी अर्थात् सीताजयन्ती। उनीप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। रामनवमीको एक महिनामा यो पर्व पर्छ।

त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा उल्लेख छ । भगवान् विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ। उनै रामसँग सीताको विवाह भएको थियो।

nisarga

पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा उल्लेख भएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।

सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ। जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्छ।