बाजुरामा बाघले १७ भेडा–बाख्रा मार्यो

Image
maya metro

बाजुरा – बाजुरामा बाघले १७ वटा भेडा–बाख्रा मारेको छ। जिल्लाको गौमुल गाउँपालिका–३ दल्लेरीमा बाघले आक्रमण गर्दा स्थानीय मदन बोहराको गोठमा रहेका १७ वटा भेडा–बाख्रा मरेका हुन्।

गोठको छानामा बाधेँर राखिएका भेडा–बाख्राहरूमा बाघले आइतवार राति आक्रमण गरेको हो। गोठमा रहेका ५६ भेडा–बाख्रामध्ये बाघले आक्रमण गर्दा ११ वटा भेडा र ६ वटा बाख्रा मरेको छन्।

nisarga

बिहान खेतीपातीका लागि गएका स्थानीय बोहराले मरेका, आधा खाएर छोडिएका र ५ वटा घाइते अवस्थामा रहेका पशु फेला पारेको थिए। मदन बोहराको उक्त घटनाबाट झन्डै २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। भेडा–बाख्रालाई प्रमुख आयस्रोतको रूपमा प्रयोग गर्दै आएका उनले अबको जीविकोपार्जनमा समस्या परेको बताएका छन्।