
अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविमा प्राकृतिक जीवनशैलीबारे प्रशिक्षण गरिने भएको छ ।
जेठ १७ गते बिहान ७ बजेदेखि विद्यालय प्रांगणमा उक्त कार्यक्रमको आयोजना गरिने दुर्गालक्ष्मी नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताएका छन् ।

कार्यक्रममा पंचगव्य सिद्ध अभियन्ता लिला श्रेष्ठले प्रशिक्षण गर्ने भएकी छिन् । “जब हुन्छ स्वस्थ भान्सा, तब हुन्छिन स्वस्थ आमा, अनि हुन्छ स्वस्थ घर र बन्छ स्वस्थ विद्यालय तथा स्वस्थ समाज” भन्ने सन्देशलाई आत्मसात् गर्दै उक्त कार्यक्रम गर्न लागिएको शाहले बताए ।
सुदूरपश्चिममा पहिलो पटक भइरहेको यो कार्यक्रममा सहभागी भई स्वस्थ जीवनशैली र प्राकृतिक भोजन प्रणालीबारे ज्ञान हासिल शाहले इच्छुक सबैलाई आग्रह गरेका छन् ।















