अनेरास्वियुको नेतृत्व चयनका लागि आज मतदान

Image
maya metro

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।

सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन असफल भएपछि नेतृत्व चयन प्रक्रिया निर्वाचनमा गएको हो। त्रिवि हल किर्तिपुरमा जारी महाधिवेशन अन्तरगत आज बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म मतदान हुने तालिका रहेको निर्वाचन समितिले जनाएको छ।

nisarga

समितिका अनुसार अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ। खुल्ला उपाध्यक्षमा भरत धामी (लिपुलेक), राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ।

त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ। महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ।

उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ। उम्मेदवारको आन्तिम नामावाली भने प्रकाशित भइसकेको छैन। गएराति ११ बजे नै अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेपनि आइनसकेकोले निर्वाचन ढिला सुरु हुने सम्भवना छ। निर्वाचन विद्युतिय मेसिनमार्फत गराउने तयारी छ।