धार्मीक पर्यटकीय क्षेत्र बडीमालिकामा फोर–जी सेवा विस्तार

Image
maya metro

अत्तरिया – धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेको छ।

समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिकामा सोमबारदेखि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो।

nisarga

जनैपूर्णिमाको धार्मिक मेलाको पूर्वसन्ध्यामा सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा सरकारी निकायलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।

टावर जडानका लागि आवश्यक सामग्री नेपाली सेनाको सहयोगमा हेलिकोप्टरमार्फत पुर्‍याइएको थियो।

सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवा उद्घाटन गर्दै दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताए।

नेपाल टेलिकमकी प्रबन्ध–निर्देशक संगीता पहाडीले दुर्गम तथा सञ्चार पहुँच कमजोर भएका क्षेत्रमा सेवा विस्तारलाई टेलिकमले प्राथमिकता दिएको बताइन्।