
अत्तरिया – जिल्ला स्तरीय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा अत्तरियामा रहेको सत्यवती एकेडेमीले प्रथम स्थान हासिल गरेको छ ।
धनगढीमा रहेको शारदा माविले शुक्रबार आयोजना गरेको जिल्ला स्तरीय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा सत्यवती एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम भएसंगै सत्यवतीले प्रमाणपत्र सहित नगद ८ हजार पुरस्कार हात पारेको छ ।
त्यस्तै प्रतियोगिताको दोस्रो स्थान पनि अत्तरियाकै दुर्गालक्ष्मी नमूना माविले हात पारेको छ ।
उक्त प्रतियोगितामा प्रत्येक स्थानीय तहबाट १ संस्थागत र एक सामुदायिक गरि दुई विद्यालयलाई सहभागी गराइएको थियो














