
अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्याको सफल अनुसन्धान गर्ने प्रहरी टिम पुरस्कृत हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नर सिंह राणाले उक्त हत्याको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी रण बहादुर चन्दको टिमलाई पुरस्कृत गरिने बताएका हुन् ।

प्रहरीले नाथको हत्या गरेको अभियोगमा उनकै सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको थियो ।
हत्या आरोपी नाथलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
डिएसपी चन्दको कमान्डमा खटिएको ९ जनाको प्रहरी टोलीले उक्त घटनाको अनुसन्धान गरेको थियो ।
















