
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समूहले अतिक्रमण हटाउन सुरु गरेको छ ।
समूहले तेघरी स्थित शान्ति टोलबाट वन अतिक्रमण हटाउन सुरु गरेको हो । वनकी अध्यक्ष शिवा कडायतले पहिले नै वन अतिक्रमण गरेरै बसेकाहरुले आफ्नो नजिकको वन आफ्नो नाममा नापी गरेको हुँदा नाली खनेर वनको क्षेत्र सुनिश्चित गर्न लागिएको बताइन् ।

“पहिले नै वन अतिक्रमण गरेर घर बनाइसकेका हरुले केहि महिना अघि नगरपालिकाले नापी गर्ने समयमा आफ्नो नजिकको वन नाप्न लगाएको भन्ने सुनिएकोले नाली कोरेर आफ्नो क्षेत्र सुनिश्चित गर्न लागेका छौँ”, उनले भनिन् ।
अतिक्रमण हटाउनेक्रममा इलाका वन कार्यालय गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीको समेत सहयोग लिइएको वनकी सचिव संगिता विशवकर्माले बताएकी छिन् ।
















