विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

Image
maya metro

काठमाडौँ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

आज बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका निर्देशक नवीन दाहालले जानकारी दिए।

nisarga

उनका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

मृतक महिलालाई सात दिन अघिदेखि स्वास्थ्यमा समस्या थियो। श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि हिजो बिर्तामोडको बिर्तासिटी अस्पतालमा परीक्षण गरिएको थियो।

त्यस परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो। कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन्।

प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन्।