कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति करिब ९ः४५ बजे भीमदत्त नगरपालिका–११ भुजेलामा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८ बागबानीका २७ वर्षीय आशुतोष सिनाललाई पक्राउ गरेको हो।

nisarga

शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनले राZतो लेदरको झोलाभित्र लुकाएर राखेको नियन्त्रित लागूऔषध फेनारगन एम्पुल ६३ र बी–जेसिक एम्पुल ६३ गरी जम्मा १२६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका सिनाललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।