एसईई : कैलालीमा ४० प्रतिशत विद्यार्थी ग्रेडेड, ७ जनाले ल्याए ४ जीपीए

Image
maya metro

कैलालीमा यस वर्ष एसईई परीक्षा दिएका ४० प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। जिल्लाबाट १८ हजार ७५१ विद्यार्थी एसईईमा सहभागी भएकोमा ७ हजार ५२३ विद्यार्थी ग्रेडेड भएका हुन। जुन कुल ग्रेडेड विद्यार्थीको ४० प्रतिशत हो।

शिक्षा तथा समन्वय इकाई कार्यालय कैलालीका अनुसार कैलालीबाट एसइई दिएका मध्ये ७ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्। जसमध्ये १ जना सामुदायिक र ६ जना निजी विद्यालयका विद्यार्थी रहका छन्। सामुदायिक विद्यालयतर्फ धनगढी उपमहानगरपालिका–३ मा रहेको त्रिभुवन मावि बोराडाँडीका विद्यार्थी अशोक अवस्थीले ४ जीपीए ल्याएका छन्।

nisarga

यस्तै ४ जीपीए ल्याउने निजी विद्यालयका विद्यार्थीमा धनगढी उपमहानगरपालिका–८ मा रहेको एरिस्टो बोर्डिङ स्कुल गौरव उपाध्याय र प्रदीप गिरी, धनगढीकै जेसीज एभरेस्ट स्कुलका जस्टिन चन्द, टीकापुरको युनाइटेड एकेडेमीका निखिल लोहार, टीकापुरकै भुवन उपाध्याय गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कुल र घोडाघोडीमा रहेको पायोनियर्स एकेडेमीका रक्षा बुढा रहेका छन्।