एसईई २०८१ : गोदावरीमा सामुदायिकतर्फ घण्टेश्वर माविको नतिजा उत्कृष्ट

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अन्तरगत शैक्षिक सत्र २०८१/८२ को एसईईमा अत्तरियाको घण्टेश्वर माविले पालिका भरमै उत्कृष्ट नतिजा हाँसिल गरेको छ । वडा नम्बर १ मा रहेको घण्टेशवर माविले सामुदायिकतर्फ उत्कृष्ट नतिजा हाँसिल गरेको हो ।

गोदावरी नगरपालिकाको शिक्षा शाखाका अनुसार ७७ दशमलव ३६ प्रतिशत प्रतिशत नतिजा ल्याएको छ । विद्यालयबाट २०८१ को एसईईमा ५३ जना विद्यार्थी सहभागी भएकोमा ४१ जना उत्तिण भएका छन् ।

nisarga

त्यस्तै पालिकामै सरस्वती मावि सेहरीले दोस्रो स्थान हाँसिल गरेको छ । सरस्वती माविले ७३ दशमलव ४२ प्रतिशत नतिजा हाँसिल गरेको छ । उक्त विदालयले ७९ जना एसईईमा सहभागी भएकोमा ५८ जना उत्तिण भएका छन् ।

त्यस्तै पालिका भरमै स्याउलेमा रहेको दुर्गाज्योती सेकेन्डरीले उत्कृष्ट नतिजा हाँसिल गरेको छ । उत्त विद्यालयबाट २३ जना एसईईमा सहभागी भएकोमा २२ जना उक्तिर्ण भएका हुन् ।

त्यस्तै दोस्रोमा वडा नम्बर ५ को ब्राइन स्टार एकेडेमीले उत्कृष्ट नतिजा हाँसिल गरेको छ । ब्राइन स्टारले ९४ दशमलव १२ प्रतिशत नतिजा हात पारेको छ ।

समग्रमा गोदावरी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयले ७७ दशमलव ३० प्रतिशत नतिजा हाँसिल गरेका छन् । एसईईको नतिजा शुक्रबार सार्वजनिक भएको थियो ।