अत्तरियाको सुप समावेशी आधारभूत विद्यालय डुबानमा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालय डुबानमा परेको छ ।

गएराती देखि परेको निरन्तरको वर्षाले विद्यालय डुबानमा परेको हो । उक्त विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरु आवासिय रुपमा अध्ययन गर्दै आइरहेका छन् ।

nisarga

अपाङ्गता भएका बालबालिकाहरु भएको हुँदा सार्न समेत समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताएका छन् ।

अहिले गोदावरी नगरपालिका र इलाका प्रहरी कार्यालय मालाखेतीलाई खबर गरिएको उनले बताएका छन् ।