सुदूरपश्चिम विश्वविद्यालयमा १४ साउनमा स्ववियू निर्वाचन

Image
maya metro

अत्तरिया – कञ्चनपुर महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए।

nisarga

उनले भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको बताए। यसअघि सुदूरपश्चिमा दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।