
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको पर्खाल भत्किएको छ ।
नगरपालिकाको पश्चिमतिरको पर्खाल भत्किएको हो ।

गोदावरीलगायत कैलालीमा आज मध्याहृ करिब एक घण्टा भारी वर्षा भएको छ ।
यहाँका नदी तथा खोलाहरुमा पानीको बहाब बढेको छ ।
अत्तरिया चोक जलमग्न भएको छ भने गोदावरी नदीमा ६ जना फसेका छन् ।
उनीहरुको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।















