विद्युतगृहको नहर बगाएपछि गाउँ अँध्यारो

Image
maya metro

दार्चुला – मङ्गलबार राति भएको अविरल वर्षाका कारण व्यास गाउँपालिका–२, घट्टेखोलामा आएको बाढीले दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहर बगाउँदा सो क्षेत्रका चार वटा गाउँमा अँध्यारो भएको छ ।

बाढीले नहर बगाएर विद्युत् उत्पादन बन्द भएपछि तल्लो दुम्लिङ, बिचगाउँ, चौराकाठा र दुम्लिङ गोठानगाउँमा विद्युत् आपूर्ति बन्द भएको स्थानीय प्रभात बुढाथोकीले जानकारी दिए ।

nisarga

वर्षाका कारण बुधबार बिहान करिब १:१५ बजेतिर खोलामा आएको बाढीले विद्युत्को नहर र आसपासका घरमा क्षति भएको उनले बताए ।

आर्थिक वर्ष २०६१/६२ मा गरिबी निवारण कार्यक्रमको आर्थिक सहयोग र राजाकोट युवा क्लबको प्राविधिक सहयोगमा निर्माण गरिएको दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहरमा बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष धीरनसिंह बुढाथोकीले पुष्टि गरे ।

नहर बगाएर विद्युत् आपूर्ति बन्द भएपछि चार गाउँका १०५ घरधुरीका मानिस अन्धकारमा बस्न बाध्य छन् ।