
बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान करिब साढे ५ बजेको समयमा बैतडीको पाटन – ६ स्थित खिपालीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा जीप चालक डिलासैनी गाउँपालिका- १ का २४ वर्षीय सन्तोष बहादुर राना र जीपमा सवार ३२ वर्षीय किरण बोहराको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा बिहान साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी– १ का ५१ वर्षीय कलमा धामी र २७ वर्षीय राजेन्द्र बहादुर खत्रीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने सोही ठाउँकी २१ वर्षीय भागरती खत्री, उनकी २ वर्षीय छोरी एलिसा, २१ वर्षीय हेमन्त प्रसाद भट्ट र ४५ वर्षीय राम कुमार राना को प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
चालकसहित ८ जना सवार रहेको जीप सडकबाट करिब १०० मिटर तल खसको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















