नगर स्तरिय कविता प्रतियोगितामा सत्यवतीका रमेश ओझा प्रथम

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ स्थित अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले आयोजना गरेको नगर स्तरिय कविता प्रतियोगितामा सत्यवती एकेडेमीका रमेश ओझा प्रथम भएका छन् ।

पुस्तकालयले २१२ औं भानु जयन्तीको अवसरमा आइतबार आयोजना गरेको नगर स्तरिय कविता प्रतियोगिता आयोजना गरेको थियो ।

nisarga

प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माविकी छात्रा सन्ध्या अवस्थीले दोस्रो स्थान हाँसिल गरेकी छिन् भने गोदावरी पब्लिक स्कुलकी छात्रा रजनी एरले तृतिय र सिद्धबाबा मावि गेटीकी भुमेश्वरी मडैले चौथो स्थान हाँसिल गरेकी छिन् ।

प्रतियोगितामा १० जना प्रतियोगी सहभागी भएका थिए ।