ललित जोशी मृत्यु प्रकरण : महेन्द्र राजमार्ग अवरुद्ध

Image
maya metro

अत्तरिया – महेन्द्र राजमार्गको झलारी बजारमा अवरुद्ध गरिएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित जोशीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएपनि क्षतिपूर्तिको माग गरिएको छ।

nisarga

परिवारका सदस्य तथा आफन्तहरूले प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवानहरू सिद्धराज जोशी र अमित भट्ट सवार बागमती प्रदेश ८६ प ८७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बताएका छन्।

उनीहरूले आइतवार बिहानदेखि राजमार्ग बन्द गरेका हुन्। कञ्चनपुर प्रहरीले आफन्तहरूसँग छलफल जारी हरेको बताएको छ।