कैलालीमा शिक्षकको शंकास्पद मृत्यु, संगै खाजा खाएका तीन जना पक्राउ

Image
maya metro

कैलालीको जानकी गाउँपालिका–४ स्थित जनता नमुना माविका ४५ वर्षीय शिक्षक जगदीश पन्तको शंकास्पद मृत्यु भएको छ। पन्तको स्थायी ठेगाना धनगढी उपमहानगरपालिका–७, तारानगर हो।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार शनिबार राति पन्त टीकापुरको लोकल स्टेशन होटलमा खाजा खाँदै गर्दा अचानक बेहोस भएका थिए। उनलाई उपचारका लागि तत्काल टीकापुर अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरे।

nisarga

घटना शंकास्पद देखिएपछि प्रहरीको टोलीले तत्काल पन्तसँगै खाजा खाइरहेका तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीका अनुसार घटनास्थलबाट संकलन गरिएका सामग्री परीक्षणमा पठाइएको छ। प्रारम्भिक अनुसन्धानमा पेय पदार्थमा विष मिसाइएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।