बैतडीमा करेन्ट लागेर एक किशोरको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका ३ गिरीबगरका केशब कोलीका १३ वर्षीय छोरा किरण कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

nisarga

शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा संकलन गरिरहेका किरण नजिकै रहेको बिद्युतको पोलमा छोइदा गम्भीर घाइते भएका थिए ।

घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पु¥याउदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी प्रबत्ता पाण्डेयले बताए ।

अहिले किरणको शव भने गोकुलेश्वर अस्पतालमै रहेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रबत्ता पाण्डेयले बताएका छन् ।