भारतको उत्तराखण्डमा भीषण बाढी : चार जनाको मृत्यु, ५० बेपत्ता

Image
maya metro

काठमाडौं – भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आएको छ । बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ५० जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।

बाढीमा दर्जनौँ मानिस फसेको आशंका गरिएको छ । उद्धारका लागि उत्तरकाशी जिल्लाको धराली गाउँमा सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ ।

nisarga

बाढीका कारण सडक, भवन डुबानमा परेका छन् । पर्यटकीय क्षेत्रका रूपमा परिचित होटल, रिसोर्ट र रेस्टुरेन्ट पनि डुबानमा परेका छन् ।

स्थानीय समयानुसार, मंगलबार दिउँसो साढे १ बजे एक्कासि बाढी आएको हो । बाढी पछि जनजीवन अस्तव्यस्त बनेको छ भने सञ्चार सम्पर्क टुटेको छ । बाढीबाट प्राचीन कल्पकेदार मन्दिर पनि पुरिएको छ ।

मुख्यमन्त्री पुष्कर सिंह धामीले बाढीमा फसेकाको उद्धारकार्य जारी रहेको बताएका छन् ।

पर्यटकीय गन्तव्यका रूपमा पर्ख्यात त्यस क्षेत्रमा भारतीय सेनाको अड्डा र अर्धसैनिक बल इन्डो–तिब्बती सीमा बलको क्याम्पसमेत छ । भारतीय सेना र इन्डो–तिब्बती सीमा प्रहरीका कर्मचारी विपद् स्थलमा पुगे पनि निरन्तरको भारी वर्षाले उद्धारकार्य प्रभावित बनेको बीबीसीले जनाएको छ ।