
अत्तरिया – इलाका प्रहरी कार्यालय मालाखेतीले भन्सार छली गरेर अवैध रूपमा भित्र्याएकाे ७७ लाख बढिकाे सामान बरामद गरेकाे छ ।
प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले इप्रका मालाखेतीकाे कमाण्ड सम्हालेकाे १०० दिनमा अत्तरिया क्षेत्रबाट भन्सार छलीकाे ७७ लाख २१ हजार १५२ रूपैयाँ बराबरको अवैध सामान बरामद गरेकाे हाे ।

इलाका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार ४२ लाख ३७ हजारका माेबाइल डिस्प्ले र अन्य पार्टपुर्जा, २३ लाखकाे काेर्टपाइन्टकाे कपडा,छ लाख आठ लाखकाे १६ टन फलाम, दुई लाख ७० हजारकाे सुट, साडी र माेटरसाइकल, एक लाख १२ हजारकाे ब्लेकेट र तन्ना बरामद गरेकाे हाे ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले चाेरी, पैठारी नियन्त्रण अभियान अन्तरगत विभिन्न मितिमा अवैध सामान बरामद गरिएको बताए ।
त्यसरी बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा दाखिला गरिएको बताए ।














