
अत्तरिया – सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको शिक्षिका नृत्य प्रतियोगितामा अत्तरियाको सत्यवती एकेडेमीले प्रथम स्थान हासिल गरेको छ ।
शनिवार कैलालीको अत्तरियामा प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सत्यवतीले नगद १५ हजार पुरस्कार हात पारेको छ ।

त्यस्तै वाल्मीकि इन्टरनेशनल स्कुल धनगढी र सक्षम पाठशाला अत्तरियाले द्दितिय स्थान हासिल गरेका छन् ।
उनीहरूले नगद १०/१० हजार पुरस्कार प्राप्त गरेका छन् भने कञ्चनपुरको गुलरिया स्थित कञ्चनजंगा माविले तृतीय स्थान हासिल गर्दै नगद ७ हजार पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा १४ विद्यालय सहभागी भएका थिए ।















