
अत्तरिया – सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा ८ जना महिला सम्मानित भएका छन् ।
प्रतिष्ठानले आज कैलालीको अत्तरियामा आयोजना गरेको शिक्षिका नृत्य प्रतियोगितामा विभिन्न क्षेत्रमा काम गर्दै आएका ८ जना महिला सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरूमा गोदावरी नगरपालिकाकी पूर्व नगर उप प्रमुख रत्ना कडायत, सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर, सत्यवती एकेडेमीकी प्रिन्सिपल यसोदा ध्याडी कडायत, भजन गायिका नगरमाया कार्की, समता स्कुलकी प्रिन्सिपल रितु पाण्डेय साहु, स्वास्थ्यकर्मी उषा बलमपाकी,शिक्षक माया पनेरु जोशी र सञ्चारकर्मी बिना शाही रहेका छन् ।
विभिन्न क्षेत्रमा काम गरेका यी महिलाहरुलाई सामाजिक योगदानका आधारमा सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ ।
















