भड्किलो तीजले पुरुषहरू पनि पीडित बनेका छन् : क्षेत्रीय सभापति रोकाया

Image
maya metro

अत्तरिया – नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर- ४ का सभापति वसन्त रोकायाले भड्किलो तीजले पुरुषहरू पनि पीडित बनेका बताएका छन् ।

आइतबार नेपाल महिला सङ्घ क्षेत्र नम्बर- ४ ले आयोजना गरेको तीजको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै रोकायाले यस्तो बताएका हुन् ।

nisarga

दिदीबहिनी माइत गएर दर खाने, रमाउने चलन रही आएको भए पनि पछिल्लो समय भने तीज भड्किलो देखिन लागेको उनले बताए । यसले कमजोर आथिर्क अवस्था भएको वर्गलाई चाड मनाउनै धौ धौ भइरहेको उनको भनाई थियो ।

“पछिल्लो समयको भड्किलो तीजले पुरुषलाई पनि तनाव दिइरहेको छ, रोकायाले भने, फलानो त यति सुन किन्यो, यति पैसाको साडी किन्यो भनेर श्रीमतीले किचकिच गर्छिन् जसका कारण पुरुषहरू पनि  पीडित भएका छन् ।”

आफ्नो र परिवारको अवस्था हेरेर खुसीसाथ चाडपर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन् ।