अत्तरियाको शिखर डेण्टल क्लिनिक र एनआइसी एसिया बैंकबिच उपचारमा छुट सम्झौता

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको शिखर डेन्टल क्लिनिक प्रा.लि र अत्तरिया र र एनआइसी एसिया बैंक अत्तरिया शाखाबिच उपचारमा छुट सम्झौता भएको छ ।

एनआइसी एसिया बैंक अत्तरिया शाखाका प्रमुख उमेश केसी र शिखर डेन्टलका प्रबन्ध निर्देशक मिन बहादुर देउवाले आज उक्त सम्झौता पत्रमा गरेका हुन् ।

nisarga

सम्झौता अनुसार एनआइसी एसिया बैंकका ग्राहक,कर्मचारीलाई दाँत र मुखको उपचारमा २० प्रतिशत छुट हुने भएको छ ।

शिखर डेण्टल क्लिनिक प्रालि अत्तरियाले आफ्ना सामाजिक कार्यक्रम अन्तर्गत बैंकका कार्ड होल्डर, कार्यरत कर्मचारीहरुलाई निःशुल्क चेकजाँच सहित संपूर्ण उपचारमा विशेष छुटको योजना ल्याएको हो ।

सुदूरपश्चिमको भाषा ,संस्कृति ,चाडपर्वको संरक्षण सम्बद्र्धनको उद्देश्यसहित आउन लागेका महत्वपूर्ण चाडपर्व गौरा,बडादशैं, दीपावली, जाँत (मेलापर्व)को अवसरमा पनि विशेष कार्यक्रम गर्ने तयारी रहेको शिखर डेन्टलका म्यानेजर छविलाल जोशीले बताएका छन् ।