
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका चार वटा वडाले सडकबाटै सेवा प्रवाह सुरु गरेका छन् ।
वडा नम्बर ३, १०, ११ र १२ ले आजदेखि सडकबाटै सेवा प्रवाह गरेका हुन् । चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको विरोधस्वरुप उनीहरूले आजदेखि सडकबाटै वडाको सेवा प्रवाह सुरु गरेका हुन् ।

६ वर्षसम्म पनि सडक निर्माण नहुँदा ३, १०, ११ र १२ का बासिन्दाले सास्ती खेप्नु परेको भन्दै वडाध्यक्षहरू सामूहिक आन्दोलनमा उत्रिएका हुन् ।
उक्त सडकखण्ड निर्माणको ठेक्का पाएको एडभान्जर थिमिम जेमी र तेडी निमार्ण सेवाले सडक निर्माणमा गरेको ढिलासुस्ती विरुद्ध सडकबाट सेवा सुरु गरिएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताएका छन् ।














