गोदावरीमा ढुङ्गाले हानेर साधुको हत्या

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ४ चुनेपानीमा एक जना साधुको हत्या गरिएको छ।

चुनेपानीमा रहेको लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका साधु अर्थात् भगत रामनारायण डगौराको हत्या भएको जनाएको छ।
बुधवार अन्दाजी साढे बाह्र बजे राति साधु डगौराको हत्या भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी ठेगाना भएका ७८ वर्षीय साधु डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा खुलेको कैलाली प्रहरीले जनाएको छ।

nisarga

मृतक डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या भएको विवरणसहितको जाहेरी प्रहरीमा दर्ता भएको छ। लक्ष्मीनारायण मन्दिरका तर्फबाट जाहेरी दर्ता भएको हो।

मृतक भगत डगौरा १६ वर्षदेखि चुनेपानीस्थित लक्ष्मीनाराण मन्दिरको बगैँचा रहेको स्थानमा कुटी बनाएर बस्दै आएका थिए। मलाखेती प्रहरीले साधु मृत्यु प्रकरणमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ।