कैलाली कारागारबाट भागेका मध्ये २६२ कैदीबन्दी अझै फरार

Image
maya metro

धनगढी – गत भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा कैलाली कारागारबाट भागेका सबै कैदीबन्दीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। कैलाली कारागारबाट जेन्जी आन्दोलनको फाइदा उठाएर ६६५ जना कैदीबन्दी भागेका थिए।

कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले मङ्गरवारसम्म चार सय कैदीबन्दी कारागारमा फिर्ता भएको जानकारी दिए। दुई सय ६२ जना कैदीबन्दी अझै फर्किएका छैनन्। नफर्किPका मध्ये १९ जना भारतीय नागरिक रहेको जनाइएको छ।

nisarga

फर्किएका मध्ये धेरैजसो आफै सम्पर्कमा आएको जेलर सापकोटाले बताए। केहीलाई भने प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएर कारागार ल्याएको हो।

भदौ २४ गतेको दिन कैलाली कारागारमा ६ सय ६७ जना कैदीबन्दी रहेका थिए। जसमध्ये ५८ जना महिला थिए। जेनजी आन्दोलनका क्रममा ६ सय ६५ जना कैदीबन्दी भागेका थिए भने एक जना उपचाररत रहेकाले भाग्न नपाएको तथा एकजना कारागारबाट नभागेको जेलर सापकोटाले बताए।