
अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १६ औँ साधारण सभा भोलि (शनीबार) हुँदै छ ।
भोलि बिहान साढे सात बजे पुस्तकालयको हलमा साधारण सभा एवम् ८ औँ अधिवेशन सुरु हुने पुस्तकालयले जनाएको छ ।

साधारण सभा पहिलो पटक गत भदौ ७ गते शनिबार बोलाइएकोमा उक्त दिन आवश्यक गणपूरक संख्या नपुगी स्थगित भएको थियो भने , भाद्र २८ गते दोस्रो पटक बोलाइएकोमा देशमा फेरिएको परिस्थितिका कारण स्थगित गरिएको थियो ।
त्यस्तै असोज २५ गते बोलाइएको १६ औं साधारण सभामा पनि आवश्यक गणपूरक संख्या नपुगी स्थगित हुन पुगेको थियो । भोलि हुने साधारण सभामा उपस्थितिकिा लागि सम्पूर्ण आजीवन सदस्यहरुलाई पुस्तकालयले आग्रह गरेको छ ।















