प्रतिभा सामुदायिक पुस्तकालयको १६ औँ साधारण सभा सुरु

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १६ औँ साधारण सभा सुरु भएको छ ।

पुस्तकालयको हलमा सुरु भएको १६ औँ साधारण सभा एवम् ८ औँ अधिवेशनको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टि एन जोशीले उद्धघाटन गरेका हुन् ।

nisarga

पुस्तकालयका आजीवन सदस्यलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको साधारण सभाले आजै नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।

पुस्तकालयको साधारण सभा पहिलो पटक गत भदौ ७ गते शनिबार बोलाइएकोमा उक्त दिन आवश्यक गणपूरक संख्या नपुगी स्थगित भएको थियो भने भाद्र २८ गते दोस्रो पटक बोलाइएकोमा देशमा फेरिएको परिस्थितिका कारण स्थगित गरिएको थियो ।

त्यस्तै असोज २५ गते बोलाइएको १६ औं साधारण सभामा पनि आवश्यक गणपूरक संख्या नपुगी स्थगित हुन पुगेको थियो ।