प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षका लागि ३ जनाको उमेदवारी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको  अध्यक्षका लागि ३ जनाको उमेदवारी परेको छ ।

अध्यक्षका लागि दिर्घराज भट्ट, भुपेश जोशी र यज्ञराज हमालले उमेदवारी दर्ता गरेका हुन्  ।

nisarga

त्यस्तै उपाध्यक्षमा नरेन्द्रराज शर्मा र टेकराज भट्टको उमेदवारी परेको छ भने सचिवमा धर्मसिंह कुवर र लिलाधर बास्कोटाको उमेदवारी परेको छ ।

कोषाध्यक्षमा जयराज फुलारा र कमला भट्टराईको  उमेदवारी परेको छ। सह सचिवमा हेमन्तराज जोशीको उमेदवारी परेको छ।

सदस्यहरुमा  शेरसिंह खड्का, रामचन्द्र जोशी, नरेन्द्र बहादुर बोहरा, तपराज ओझा र खिमादेवी ओझाले उमेदवारी दर्ता गरेका छन् ।