धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

Image
maya metro

धनगढी – कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो।

nisarga

उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरु सवार युपी ३१ सिएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा नगदसहित व्यक्ति पक्राउ गरेको प्रहरीले जनाएको छ।